संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्थानीय तहमा कर्मचारी खटाउन ४ वटा शर्तमा सहमति दिएको छ।
सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको स्थायी संगठन स्वीकृत नभएसम्मका लागि भन्दै ४ वटा शर्तका आधारमा सहमति दिएको हो। सामान्यले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यलाई सोमबार सहमति दिएको छ।
यी हुन् ४ शर्त
१. स्थानीय तहको स्वीकृत अन्तरिम संगठन संरचनामा उल्लिखित प्राथमिक स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकीको रिक्त पदहरुमा समेत कामकाज गर्नेगरी सम्बन्धित मन्त्रालयबाट पेश भएको संलग्न सूचि बमोजिम कर्मचारी सम्बन्धित मन्त्रालयबाटै खटाउने र सोका जानकारी यस मन्त्रालयलाई दिने।
२. यसरी खटिने कर्मचारीहरुको तलब, भत्ता लगायतका सुविधाहरु र ती कर्मचारीहरुको कार्य विवरण सम्बन्धित मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउने ।
३. यसरी खटिने कर्मचारीलाई सम्बन्धित स्थानीय तहले स्थानीय तहको विषयगत कार्य समेत सम्पादन गर्ने गरी सकभर स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकीका रिक्त दरबन्दीमा खटाउने। स्वस्थ्य केन्द्र/स्वास्थ्य चौकीहरुमा दरबन्दी भन्दा बढी कर्मचारी भएमा उपयुक्त स्थानमा खटाइ स्थानीय तहको विषयगत कामकाज गर्न लगाउने।
४. सम्बन्धित सेवा समूहका कर्मचारीहरुमध्ये न्यूनतम योग्यता पुगेको र जेष्ठ कर्मचारीलाई विषयगत इकाइको प्रमुखको रुपमा समेत कामकाज गर्न लगाउने।
स्वास्थ्य खबर