–वसन्त अनुभव-
घोराही, २ पुस/ घोराही उपमहानगरपालिका वडा नम्बर १९ सैघामा बिजुली पुगेको छ । भूगोलको हिसावले दुर्गम सँगै विकासमा पछि परेको साविक सैघा गाविस घोराही उपमहानगरपालिकामा गाभिए पछि उपमहानगरको पहलमा त्यहाँ विजुली पुगेको हो ।
सैघाको लाखुरी बजारमा आज एक कार्यक्रमको आयोजना गरि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्विच अन गरेर विजुली बत्तिको उद्घाटन गर्नुभएको छ । वडा अध्यक्ष हर्कबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले अब सैघा सुगमता सँग जोडिएको बताउनुभयो ।
घोराही बजारबाट ४ वटा सडकले सैघालाई जोड्न सफल भएको र अहिले बिजुली विस्तार पनि भएको भन्दै अब विकट सैघा सुगमताको निकट भएको उल्लेख गर्नुभयो । सरकारले विकासका पूर्बाधारहरु तयार पारेको र अब सैघाका नागरिकहरु उत्पादन सँग जोडिएर सेवा लिन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
सडक र बिजुली पुगेपछि सैघाका नागरिकहरु निकै खुशी भएका छन् । मोटरबाटो पुगेपछि सहज यातायातको पहुँच भएको छ भने विजुली पुगेपछि टुकी र सोलार बिस्थापित भएको छ ।
सोसल मिडियामा शेयर