–वसन्त अनुभव-
कमिरेचौर ,१५ पुस / समाज विकास संजालले दाङ जिल्ला बंगलाचुली गाउँपालिका वडा नं.४ हुँक्ला निवासी दधिराम नेपालीलाइ उपचारका लागि आर्थीक सहयोग प्रदान गरेको छ ।
सडक दुर्घटनामा परी खुट्टा भाँचीएर गम्भिर घाईते हुनु भएका नेपालीले आर्थिक अवस्था कमजोर भएका कारण थप उपचार गर्न नसकी रहेको अवस्थामा संजालले गाउँलेहरुबाट आर्थीक संकलन गरेर थप उपचारका लागि आर्थीक सहयोग गरेको हो । नेपाली करिब ८ महिना पहिले मोटरसाईकल दुर्घटनामा पर्नु भएको थियो ।
दुर्घटनामा परी खुट्टा भाँचीएको र अपरेशन गरेर पनी खुट्टा ठीक नभए पछी थप उपचारका लागि काठमाडौँ जानु पर्ने भएपछि उहाँलाई आर्थीक समस्या परेको थियो । समाज विकास संजालको अगुवाईमा गाउँगाउँमा पुगेर संकलन गरेको ४० हजार २ सय ९१ रुपैँया आर्थीक रकम उहाँकै घरमा पुगेर संजालले हस्तान्तरण गरेको हो ।
साझा विकास मुल समितिका अध्यक्ष रुक प्रसाद पुलामी, समाज विकास संजालका उपाध्यक्ष डोमा बुढा, अपांग समन्वय समिति बंगलाचुलीका अध्यक्ष नमलाल गिरि, समाज विकास संजालका कर्मचारी तथा व्यवस्थापक बासुदेव भण्डारी, उमा बुढा लगाएतले घाईते दधिराम नेपालीलाई आर्थीक सहयोग रकम प्रदान गर्नु भएको थियो सोसल मिडियामा शेयर