साउदी अरबबाट बिदामा गई पुन: श्रम स्वीकृति लिई आउने नेपाली कामदारका लागि दुताबास साउदीद्वारा सुचना जारी ।

  • १९ मंसिर २०७६, बिहीबार १३:४१ मा प्रकाशित
  • रम्जान समर्पण

    साउदी अरब ! गत १९ कार्तिक २०७६ नेपाल सरकारको निर्णयानुसार लागु गरिएको भिषा तथा श्रम स्विकृतिको नियमलाई मध्यनजर गर्दै नेपाली दुताबास रियाद साउदी अरबले नेपाली, ईङ्गलिस, र अरबिक भाषामा सुचना जारी गरेको छ ।

    भिषा तथा श्रम सम्बन्धि सरकारबाट ल्याईएको नयाँ नियमले अधिकांस बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरु अप्ठेरोमा परि आफ्नो जन्मभूमि गई कर्मभूमि फर्कन नसकेका कुराहरुलाई मध्यनजर गर्दै  भाबिका दिनहरुमा साउदीमा कार्यरत नेपाली श्रमिकहरुले श्रम गराउँदा बिना समस्या श्रम गर्न सहज होस भन्ने उद्देश्यका साथ दुताबास साउदी अरबले आफ्नो बिभागीय पेजबाट सुचना प्रसार गरेको छ । श्रमिकहरुले छुट्टीमा गई श्रम गर्दा दुख नपाउन् भनि छुट्टि जानु अगाडी देहायबमोजिमका कागजातहरु लिएर जान अनुरोध गरेको छ । आवास्यक कागजातहरु आफुले कामगरेको रोजगारदाता कम्पनीबाट सहज प्राप्त गर्नका लागि दुताबास रियाद साउदी अरबले नेपाली, ईङ्गलिस, र अरबिक भाषामा सुचना जारी गरेको हो ।

    सूचनामा उल्लेखित बुँदाहरु जस्ताको त्यस्तै :-–

    1. सिप सम्बन्धी आधिकारिक निकायबाट जारी प्रमाणपत्र वा अनुमति पत्र जस्तै : –  अपरेटर ड्राईभरको चालक अनुमति पत्र/डाक्टरको लागि मेडिकल काउन्सिल अनुमति पत्र आदि
    2. हालको पेशा सिप रोजगारदाता कम्पनी खुलेको अकामा (Valid Temporary Resident Permit) र पुन: प्रवेषाज्ञा (Valid Re-Entry Visa) उल्लेखित कागजातलाई प्रमाणित गर्ने देहायका थप कागजात समेत च्याम्बरबाट प्रमाणीकरण गरि लिई गएमा श्रम स्वीकृतिको लागि थप सहज हुने व्यहोरा समेत सम्बन्धित सबैमा अनुरोध छ
    3. कामदारको पेशा सिप सुविधा फरक परेको कारण र आधार प्रमाणसहितको व्यहोरा खुलेको रोजगारदाता कम्पनीको सिफारिसपत्र
    4. हालको पेशा सिप सुविधा लगायतका वीषय खुलेको अध्यावधिक रोजगार संझौतापत्र (Employment Contract)

    One thought on “साउदी अरबबाट बिदामा गई पुन: श्रम स्वीकृति लिई आउने नेपाली कामदारका लागि दुताबास साउदीद्वारा सुचना जारी ।

    1. नेपाल बाट सरम गरि आयको सेल्लरी अर्थत तल्ब यह कम्पनिले किन दिदैन यस्को लागि गर्नु पर्छ होला जान कारी पाउन सकिन्थ्योकी

    Leave a Reply