![](https://himalayandristi.com/wp-content/uploads/2019/12/FB_IMG_1577111860318.jpg)
–वसन्त अनुभव-
घोराही, ७ पौष/दाङका मानसिक सन्तुलन गुमाएका, अलपत्र बनेका र बेसहारा भई सडकमा दर्दनाक जीवन व्यतीत गर्दै आएका ६ जना व्यक्तिहरुलाई आज उद्धार गरिएको छ ।
निलसागर मानव सेवा आश्रम संस्थाले दाङका सडक तथा बजार क्षेत्रमा रहेका ति व्यक्तिहरुको उद्धार गरेको हो । केन्द्रिय कार्यालय नेपालगञ्ज रहेको संस्थाले देउखुरीको सिसहनियामा आश्रम स्थापना गरेको छ ।
दाङ सहित कोहलपुर, नेपालगञ्ज, बार्दिया, सुर्खेत, पाल्पामा शाखा स्थापना गरि उद्धार गरेका व्यक्तिहरुलाई आश्रय दिनुका साथै खाना, पानी, आवास, योगा, परामर्श र औसधि उपचार समेत गर्ने गरेको संस्थाकी अध्यक्ष सरिता खनालले बताउनु भयो ।
![](https://himalayandristi.com/wp-content/uploads/2019/12/FB_IMG_1577111909176.jpg)
उद्वार कार्यमा प्रदेससभा सदस्य इन्द्रजित थारु, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे घाेराहीका युवा तथा खेलाडि नरेन्द्र पुन सहित नगर प्रहरी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु खटिनुभएको थियो ।
सुरुमा सामाजिक सहयोगबाट अभियान थालेको संस्थालाई अहिले सरकारले रकम समेत उपलब्ध गराएको छ । प्रदेश सरकारले उक्त आश्रमको भवन निर्माणका लागि ५ करोड विनियोजन गरेको छ ।