शिवप्रसाद घिमिरे नेपाल बारको अध्यक्षमा निर्वाचित

  • २८ मंसिर २०७६, शनिबार २३:४० मा प्रकाशित
  • -वसन्त अनुभव-

    दाङ, २८ मंसिर, नेपाल बार एशोसियशन जिल्ला बार इकाई दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । उनले शनिबार भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा दुवै दलका समर्थित उम्मेदवार ऋषिराज न्यौपानलेलाई ४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

    उक्त निर्वाचनमा खसेको १ सय २० मत मध्ये घिमिरेले ६२ मत र उनका प्रतिद्धन्दी ऋषिराज न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । साथै बारका उपाध्यक्षमा घिमिरे प्यानलका मणिराज आचार्यले न्यौपाने प्यानलका ठाकुरप्रसाद वलीलाई एक मतको मतान्तरमा जितेका थिए । आचार्यले ६० मत ल्याउदा वलिले ५९ मत ल्याएका थिए ।

    त्यस्तै बारको सचीवमा सन्जय कुमार के.सी., कोषाध्यक्षमा ठाकुर प्रसाद गिरी, सदस्यहरु हरि वेल्वासे, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाँगी, अच्युतराज न्यौपाने र नारायणप्रसाद रिजाल निर्वाचित भएका छन् ।

    त्यसैगरेर केन्द्रीय पार्षदहरुमा निश्चल हमाल, लुमबहादुर कार्की, नुमानन्द आचार्य, ललितबहादुर केसी, रिकण पौडेल, गोपाल गिरी र अर्जुन कुमार अधिकारी निर्वाचित भएका छन् । कुल १२५ मतदाता भए पनि १२० मत मात्र खसेको थियो ।

    Leave a Reply