
वसन्त अनुभव
काठमाडौँ। भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख तथा मालपोत अधिकृत रामबाबु मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
मण्डललाई सेवाग्राहीसँग पाँच लाख घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए।
उच्च अदालत जनकपुर इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा माग भएको कागजातहरू उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम मागेको सूचनाका आधारमा आयोगले मण्डललाई पक्राउ गरेको हो।
मण्डललाई बिगो पाँच लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड घ बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
साभार:नेपाली पत्रीका