शव बोकेको एम्बुलेन्स र ट्रक जुध्दा सुनसरीमा ७ जनाको मृत्यु !

  • १५ मंसिर २०७६, आईतवार ०३:२० मा प्रकाशित
  • सुनसरीको कोशी गाउँपालिका -७ हरिपुर स्थित पुर्व पश्चिम् राजमार्गमा विराटनगरबाट मृतकलाई लिएर उदयपुरतर्फ जाने क्रममा विपरीत दिशाबाट आएको ट्रक र एम्बुलेन्स एक आपसमा जुध्दा ७ जनाको मृत्यु भएको छ ।

    उक्त घटनामाा एम्बुुुलेन्समा सवार ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार ना २ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६४ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन ।

    प्रहरीका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर फर्कने क्रममा को १ च नम्बर एम्बुलेन्सका चालक उदयपुरका २८ वर्षीय राजेश दनुवार, ५० वर्षीय तुलाबहादुर राई, ३८ वर्षीय दुर्गाधन राई, ३४ वर्षीय मुकेश राई र समान ३२ वर्षका टेकेन्द्र राई र दिनेश राईको घटनास्थलमै मृत्यु भएको हो। उनीहरु ८५ वर्षीया शिवमाया राईकाे शव लिएर जाँदै थिए ।

    ना २ ख ९०८२ नम्बरको मालबहाक ट्रक प्रहरीको नियन्त्रणमा रहे पनि ट्रकका चालक भने फरार छन्।  सातैजना उदयुपर निवासी भएको प्रहरीले जनाएको छ। उनीहरुको शव जिल्ला अस्पताल इनरुवामा राखिएको छ।


    Leave a Reply