जुरा । मंसिर २६ गते बिहीबार रातिदेखि २८ गते आइतबारसम्म परेको हिमपातका कारण बाजुरा जिल्लाका हिमाली क्षेत्रमा रहेका दर्जनबढी विद्यालयको पढाई प्रभावित बनेको छ। हिमपातका कारण जिल्लाका हिमाली गाउँपालिका, बुढिनन्दा नगरपालिका, बढिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका अधिकांसं विद्यालयहरुको पढाई प्रभावित भएको हो। उच्च हिमाली क्षेत्रका विद्यालयहरुमा हिउँ धेरै थुप्रिएकाले विद्यार्थीलाई हिउँमाथि नै पढाउनु पर्ने बाध्यता रहेको छ।
तीन दिनसम्मको अविरल वर्षा र हिमपातका कारण हिमाली क्षेत्रका विद्यालयको पठनपाठन गर्न निकै समस्या भएको बडिमालिका नगरपालिका–७ मा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षक बलबहादुर रोकायाले बताए। जाडो याम सुरु भएसँगै हउिँ परिरहने र यस ठाउँमा हिउँदमा धेरै दिन विद्यालयको पढाई प्रभावित हुने गरेको शिक्षक रोकायाले जानकारी दिए।
स्कूल सञ्चालन त गरेको छु चिसोले बालबालिकाहरु पढ्नै नआउने आएकाहरुलाई पनि आगो बालेर तताउनु पर्ने अवस्था रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताए। ‘विद्यार्थीहरुको वार्षिक परीक्षा आउन ३ महिना मात्र बाँकी छ। हिउँ परेपछि स्कुलमा राम्रोसँग पढाई भएको फेरी कति दिनसम्म बाधा हुने हो ?’ प्रधानाध्यापक धामी भन्छन्।
हिमाली क्षेत्रका अधिकांश ठाउँमा हिमपातका कारण स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको जिल्ला शिक्षा समन्वय कार्यालय बाजुराले जनाएको छ।
यसरी चिसोमा बालबालिकालाई पठनपाठ गराउँदानिमोनिया, ज्वरो, रुगाखोकी, झाडापखाला जस्ता रोग लाग्ने खतरा हुने स्वास्थ्यकर्मीको भनाइ छ।
अन्नपूर्ण खबर