दाङ, २२ मंसिर
घोराही उपमहानगरले विद्यालयमा सञ्चालन गरेको दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित गर्ने भएको छ । दिवा खाजा व्यवस्थापन उप समितिको आइतबार बसेको बैठकले दिवा खाजाले विद्यार्थीहरुको विद्यालय नियमितता र पोषणमा समेत सकारात्मक प्रभाव परेको भन्दै थप व्यवस्थित बनाउने निर्णय गरेको हो ।
उपसमितिका संयोजक नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक विद्यालयलाई बार अनुसारको खाजा ल्याउन लगाउने निर्णय गरेको छ ।
दिवा खाजामा बिबिधिकरण गर्दै घरमै तयार पारिएका खाजा सहित विद्यार्थीलाई स्कुल पठाउने बाताबरण तयार गर्न उपसमितिले विद्यालयलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
साथै सबै विद्यालयहरुमा खाजा कार्यक्रमको प्रभावकारीताका बारेमा अनुगमन गर्ने पनि निर्णय भएको शिक्षा युवा तथा खेलकुल महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जानकारी दिनुभयो ।
पौष्टिक आहार युक्त खाजालाई प्रोत्साहन गर्दै पसलबाट किनेका प्याकेजिङ कुनै पनि खानेकुरालाई प्रतिबन्ध लगाउन विद्यालयलाई निर्देशन समेत दिने निर्णय भएको छ ।
साथै केही बाल विकासका विद्यालयहरुमा अभिभाबकहरु सँग खाजा रकम लिईरहेको भन्ने गुनासो आएको भन्दै त्यसलाई तत्काल रोकी रकम फिर्ता गराउने समेत निर्णय भएको शाखा अधिकृत पौडेलले जानकारी दिनुभएको छ ।
उपमहानगरले भर्ना दर बृद्धी गर्ने, शिक्षाको पहुँचमा पु¥याउने, स्वास्थ्य, पोषणमा सुधार ल्याउने, कक्षा छोड्ने र दोहो¥याउनेको अन्त्य गर्ने, नियमितता गराउने र सामुदायिक विद्यालयमा आकर्षण गराउने उदेश्यले चालु आर्थिक बर्ष देखी बाल बिकास देखी कक्षा ५ सम्मका बालबालिकालाई खाजा रकम उपलब्ध गराउदै आएको छ ।
प्रत्येक दिनको एक जना विद्यार्थीलाई १५ रुपैयाँका दरले खाजा रकम विद्यार्थीका आमालाई हस्तान्तरण गर्दैै आएको छ । नगरका ९८ सामुदायिक विद्यालयका १२ हजार ४ सय ६७ जना विद्यार्थीलाई पहिलो चौमासिकमा ९७ लाख २४ हजार २ सय ६० रुपैयाँ बितरण गरेको नगर शिक्षाले जनाएको छ ।
सोसल मिडियामा शेयर