
उमेश कुशवाहा
बिरगंज,११ पौष/ केहि सातादेखी लागतार परिरहेको शितलहरले पर्सा,बारा, रौतहट लगायत तराई, मधेशको जनजीवन प्रभावित हुदै गईरहेको छ। बाक्लो कुहीरो र सितलहरले बाजारमा मानिसको आवत जावत तथा ब्यापारीहरुको छाप पनि धेरै कम मात्रामा देखिन थालेको छ।
शितलहरले स्थानीय प्रभावित हुन थालेपछी पर्सा प्रहरीले जाडो बाट बच्न राहत पुर्याएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरले आफ्नो क्षेत्रअधिकार भित्रको विभिन्न चौक चौराहामा दाउरा बालेर बढदो चिसो र शितलहरबाट राहत पुर्याउने काम गरेको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहको नेतृत्वमा रहेको प्रहरी टोलीले राधेमाइ, श्रीपुर र पावरहाउस चौक लगायतको ठाउँ दाउरा बालेर सर्व सधारण लाई चिसो छ्ल्न राहत पुरयाईएको छ। सो अवसरमा समाजसेवी ,भद्र-भलादमीको उपस्थित पनि रहेको थियो।
वडा प्रहरी कार्यालय श्रीपुरले २४ से घण्टा बिपद ब्यवस्थानको लागि तयारी अवस्थामा रहने छ वप्रका प्रहरी निरीक्षक दिपक साहले हिमालयन दृस्टि ऑनलाइनका संववादातालाई बताउनु भयो।