वसन्त अनुभव
घोराही, दाङ
वडास्तरिय लैंगिक हिंसा न्यूनीकरण समितिको आयोजनामा “समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यबद्धता” भन्ने मुल नाराका साथ घोराही उपमहानगरपालिका वडा नं१४ मा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान क्रममा आज संचेतना र्याली सम्पन्न गरिएको छ।
र्याली कार्यक्रम घोराही उ.म.न.पा. वडा नं. १४ कार्यालयबाट शुरु भै बैक रोड, बालमन्दिर, दामोदर चोक, मिलनचोक, बसपार्क, नयाँ बजार हुँदै लखनपार्कमा गइ सभामा परिणत भएको थियो ।
समितिकि अध्यक्ष मनकुमारी पुनको अध्यक्षता एबं नेपाल कम्युनिष्ट पार्टी की दाङ जिल्ला सचिवालय सदस्य पुनम शेर्पाइलीको प्रमुख आतिथ्य र घोराही उपमहानगरपालिका वडा नं १४ को वडाध्यक्ष शक्तिराम डाँगीको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले दिनानुदिन महिला हिंसाका घटना बढ्दो रहेको त्यसलाई न्यून गर्न कुनै प्रकारको भेदभाव नगरी सबैले आ-आफ्नै क्षेत्रबाट महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने, यसमा परिवारको भुमिका अझै बढी रहेको तथ्य औल्याएका थिए ।
समितीका सदस्य विष्णु भण्डारीको स्वागत मन्तब्य सँगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथीका साथै सल्लाहकार दिलमाया बुढा, सक्षम महिला समुहकि अध्यक्ष देवा सेन ठकुरी, सचीव भिम कुमार पुन, ड.लोकराज पराजुली, बालक्लब अध्यक्ष चन्द्र प्रकाश नेपाली, मगर प्रतिष्ठानका प्रकाश पुन लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन समितिका सदस्य पशुपति गिरीले गर्नु भएको थियो।