लापु र लह गाउँका ५७ घरधुरीले पाए ग्यास चुल्हो

  • ७ पुष २०७६, सोमबार २०:१४ मा प्रकाशित
  • मेयर हरिजंग शाही ग्यास चुल्हो प्रदान गर्दै

    वसन्त अनुभव-
    मुगु,७ पौष/ मुगुको छायाँनाथ रारा नगरपालिकाले दाउराको समस्याबाट पीडित ५७ घरधुरीलाई ग्यास सिलिन्डर सहितको चुल्हो प्रदान गरेको छ ।

    मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले एक कार्यक्रमको आयोजना गरि वडा नं. १३ को लापु र लह गाउँका दाउराको प्रमुख समस्या झेलिरहेका स्थानीयहरुलाई प्रती घरधुरी एक-एक थान ग्यास चुल्हो वितरण गर्नुभएको हो । न.पा.का अनुसार लापु गाउँका २५ र लह गाउँका ३२ घरधुरीले ग्यास चुल्हो प्राप्त गरेका छन।

    “गरिबसँग नगरप्रमुख” कार्यक्रम अन्तरगत उक्त ग्यास चुल्हो बितरण गरिएको हो । स्थानीय ब्यक्तिका अनुसार ग्यास चुल्होमा खाना पकाउन पाउँदा स्थानीयहरु अत्यन्त खुशी भएको र मेयर जयजयकार गरेको बुझिएको छ । दाउरा गर्नका लागि उक्त गाउँमा जंगल नै नभएको स्थानीयहरु बताउँछन ।

    Leave a Reply