–वसन्त अनुभव-
आजभोलि हाम्रो समाजमा लागुपदार्थहरुको सेवन र बिक्री बितरणको क्रम बढ्दै गएको देखिन्छ । अवैध रुपमा लागुऔषध पदार्थ, सुर्तीजन्य र मदिराजन्य पदार्थको बिक्री बितरण भइरहेको पाइन्छ । युवाहरू पनि लागुऔषधको कुलतमा फसेर जीवन नै बर्बाद पारेको घटना प्रशस्तै सुन्न र देख्न पाइन्छ । सोही कुरालाई मध्यनजर राख्दै ‘लागुऔषध दुर्व्यसनी विरुद्धको अभियान कानुनको कार्यान्वयन र सहि पहिचान’ भन्ने मुल नाराका साथ आज घोराही उपमहानगरपालिका वडा नं १४ मा एक कार्यक्रमको आयोजना गरिएको छ ।
सामुदायिक तथा निजी विद्यालय वरिपरि अवैध रुपमा हुने गरेको सुर्तीजन्य बस्तु र मदिरा बिक्री वितरणलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । साथै विद्यालयमा अध्ययनरत छात्रछात्रा र १८ वर्ष मुनिका बालबालिकाहरुलाई सुर्ती,चुरोट,बिडी,खैनी गुट्का लगायत लागुपदार्थजन्य पदार्थ बिक्री बितरण गर्न गराउन निषेध गर्ने उद्देश्यले ‘No Drugs’ आदि लेखिएको प्लेकार्ड सहित सचेतना र्याली पनि गरिएको थियो ।
विद्यालय वरपरका पसलमा गई १८ वर्ष मुनिका बालबालिकाहरुलाई बिक्री बितरण नगर्न र नगराउन भनी पसल धनिहरुलाई पनि सचेत पार्ने काम भएको थियो कार्यक्रममा १४ नं.वडाका सम्पूर्ण विद्यालयका वालक्लबका विद्यार्थीहरु लगायत प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो।
कार्यक्रम घोराही उपमहानगरपालिकाको वडा नं १४ का अध्यक्ष शक्तिरामडाँगीको अध्यक्षतामा भएको थियो । गोरखा आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक मानसिंह घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन वडा सदस्य गुलाम रसुलले गर्नु भएको थियो।