राैतहटबाट हतियार सहित ३ जना पक्राउ

  • २ पुष २०७६, बुधबार ०९:३४ मा प्रकाशित
  • रौतहट – हतियारसहित तीन जना रौतहटबाट पक्राउ परेका छन् । 

    बाराको सुवर्ण गाउँपालिका ६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् । 

    भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका ३ मा मंगलबार राति प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो । 

    प्रहरीले उनीहरुको साथबाट २ राउण्ड गोली र १ थान कटुवा पेस्तोल बरामद गरेको हो ।

    उज्यालोअनलाइन

    Leave a Reply