
–वसन्त अनुभव-
बंगलाचुली, ११ पौष/ दाङ जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ भुट्नेटामा उपभोक्ता समितिका पदाधिकारी तथा वडा समितिकाे लागि आयाेजना संचालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न भएको छ ।

बंगलाचुली गाउँपालिकाको आयोजनामा संचालित तालिम कार्यक्रमको समापन कार्यक्रममा गा.पा.अध्यक्ष भक्त बहादुर वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्य, गोपाल के.सी.लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नारायण प्रसाद आचार्य, गोपाल के.सी. आदिले प्रशिक्षण दिनु भएको थियो ।

साथै आजै बंगलाचुली गाउँपालिका वडा नं.५ मुर्कुटीमा पनि उपभोक्ता समितिका पदाधिकारी तथा वडा समितिकाे लागि आयाेजना संचालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न भएको छ । उक्त समापन कार्यक्रममा नि.प्र.प्र.अ.नारायण प्रसाद आचार्य, वडाध्यक्ष यनुराज खत्री, गोपाल के.सी. लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त तालिम वडा नं. ३ कमिरेचौर, हासीपुर ७ र ८ मा भने संचालन भईसकेको छ ।