मुस्ताङमा एक पर्यटकको मृत्यु

  • १८ मंसिर २०७६, बुधबार १२:३१ मा प्रकाशित
  •  १८ मंसिर । मुस्ताङमा एक भारतीय पर्यटकको अल्टिट्युड सिक्नेसका कारण मृत्यु भएको छ ।

    मुस्ताङको घरपझोङ गाउँपालिका-३ जोमसोम बजारमा रहेको होटल होलिडे होममा बसेकी ६१ वर्षीया सरालु नाडुको होटलमै मृत्यु भएको हो । अपरान्ह सवा एक बजे नाडुको लेक लागेर मृत्यु भएको जनाइएको छ । मृतकको स्थायी ठेगाना भारतको छत्तीसगण राइपुर भएको प्रहरीले उल्लेख गरेको छ ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

    श्रोत पोखरा न्युज

    Leave a Reply