
बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट लगायतका बजार क्षेत्रका स्थानीयलाई आउँदो हप्ताबाट मुआब्जा रकम वितरण हुने भएको छ ।
मुआब्जा रकम लिनका लागी हाल सम्म करिव ३ सय १९ जनाले लालपुर्जा बुझाइसकेको आयोजना को वातावरण, मुआव्जा पुनर्वास तथा पुर्नस्थापना इकाइले जनाएको छ ।
‘गोरखाबाट १ सय ४३ जनाले लालपुर्जा बुझाइसक्नुभएको छ,’ इकाइ प्रमुख कृष्ण कार्कीले भने, ‘धादिङबाट १ सय ७६ जना हुनुहुन्छ ।’ तीस जनाको मालपोत कार्यालयमा दाखिला भएर पैसा वितरणको क्रममा रहेको उनको भनाइ छ ।
अर्काे हप्ता उनीहरुको खातामा रकम जम्मा हुने उनले बताए । प्राप्त भएका लालपुर्जाको दुवै जिल्लाका मालपोत कार्यालयमा जग्गा दाखिलाको काम भइरहेको उनले जानकारी दिए ।
आयोजनाले निर्धारण गरेको बजार क्षेत्रको मुआब्जा प्रति असन्तुष्टी जनाउँदै स्थानीयले आन्दोलन समेत गरेका थिए । जग्गालाइ दश भागमा वर्गिकरण गरी आनाको ५० हजार देखि सात लाख सम्म मुआब्जा रकम तोकिएको छ ।
बजार क्षेत्रको गोरखा तर्फ ६ सय रोपनी र धादिङ तर्फको ११ सय रोपनी जग्गा डुवानमा पर्ने इकाइले जनाएको छ। सभार अनलाइनगोर्खा