
–वसन्त अनुभव-
कन्चनपुर, ०२ पौष / बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित श्री शान्ति माध्यमिक विद्यालय, शान्तिपुरमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेशिन जडान गरिएको छ ।
विद्यालय समयमा शिक्षिकाहरु तथा छात्राहरूलाई महिनावारीका कारणले अध्ययन अध्यापन कार्यमा बाधा नपरोस सहज रूपले पठनपाठनमा सहयोग होस भनेर अटोमेटिक स्यानिटरी प्याड मेशिन जडान गरिएको हो ।
यो मेसिन बेलौरी नगरपालिका वडा नं. ४ को सौजन्यमा प्राप्त भएको हो । आज एक कार्यक्रमको आयोजना गरि मेशिनको उद्घाटन गरिएको हो ।
फोटो:सोसल मिडिया वाल