मा.वि.रतनपुर हापुरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • १७ मंसिर २०७६, मंगलवार १४:४६ मा प्रकाशित
  • वसन्त अनुभव
    दाङ
    सुआहारा नेपालको आयोजनामा आइरन चक्की खुवाउने सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आज मिति २०७६ मंसिर १७ गतेका दिन श्री मा. वि. रतनपुर हापुर दाङमा सम्पन्न भयो । मा.वि. हापुर रतनपुरका प्र.अ. श्री वीर बहादुर रावतको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री दीपक न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।


    कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत १४ जना किशोरीहरुको सहभागीता रहेको थियो । किशोरीहरुमा देखापर्ने रक्ताल्पता न्यून गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेेेको आयोजक संंस्थाले जनाएको छ । उक्त कार्यक्रममा १९ वर्ष उमेर सम्मका किशोरीहरुले हप्तामा १ चक्कीका दरले २६ हप्तासम्म नियमित आइरन चक्की सेवन गर्नु पर्ने कुरामा जोड दिइएको थियो ।
    कार्यक्रमको प्रमुख प्रशिक्षकमा बिजौरी स्वास्थ्य चौकीका प्रमुख तुल्सिराम गिरी रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण सुआहाराकी सामाजिक परिचालक भिमा के.सी.र डोला रावतले गर्नुभएको थियो ।

    Leave a Reply