गोरखा नगरपालिकाले भीमसेन पार्कमा हालै निर्माण सम्पन्न गरेको भीमसेन थापाको सालिक गत शनिबार अनावरण गरीएको छ ।
राष्ट्रिय विभूती भीमसेन थापाको सालिकलाई सनिबार एक कार्यक्रम बिच नेपाल सरकारका सँस्कृति, पर्यटक तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले गरेका हुन ।
नेपाल राज्यको एकिकरण र रक्षाका निम्ति महत्वपूर्ण योगदान पु¥याएका थापाको सम्मान र सम्झनामा पूर्णकदको सालिक निर्माण गरिएको गोरखा नगरपालिकाले जनाएको छ । राष्ट्रिय विभूती थापाको योगदानलाई कदर गर्न र उनी प्रति न्याय तथा ईतिहास पुरा गर्न समेत सालिक स्थापना गरीएको हो ।
५ फिट १० इन्च अग्लो थापाका सालिक गोरखा नगरपालिका ४ फिनाममा २२ लाख ८४ हजार खर्चेर नगरपालिकाले सालिक स्थापना गरीएको हो ।
मन्त्री भट्टराईले आजै गोरखा दरर्बारको समेत अबलोकन गरेका थिए । उनले नेकपा पार्टी कार्यालयमा पार्टी कार्यकता पनि प्रशिक्षण दिएको थिए भने आजै गोरखा सदरमुकाम भएको एक छलफल कार्यक्रममा समेत सहभागिता जनाएका थिए ।
श्रोत गोरखासमचार