साउदी अरबमा दुइ दसक अघि लेबर भिसामा प्रवेश गरि एक प्रतिष्ठित ब्यापारी, कुशल सामाजिक अभियन्ता, का साथै एक राजनीतिक पहरेदार को रुपमा ख्याती कमाउनु भएका जेन लामा संग हिमालयन दृस्टी का प्रधान सम्पादक अनिल आचार्य ले गरेको कुराकानी ।
बाकी बृस्तृत मा यो तलको भिडियोमा ।
साउदी अरबको पुर्बी प्रान्त दमाममा बिगत दुइ दशक अघि लेबर भिष मा प्रवेश गरि सफल ब्यबसायिक बन्दै आफ्नो ब्यबसाय संचालन गर्दै गर्नुका साथै सामाजिक कार्यमा पनि उत्तिकै दखल राख्ने एकजना प्रतिष्ठित ब्यापारी तथा सामाजिक अभियन्ता जेन लामा सँग हिमालयन दृस्ठिका प्रधान सम्पादक अनिल आचर्यले कुराकानी गर्नु भएको छ ।
उहाँको दुई दशक वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेर सङ्घर्षरत रुपमा जिबन बिताइएको अनुभवलाई हिमालयन दृस्टीका पाठक माझ साटासाट गर्दै बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा समाजिक, राजनीतिक, तथा विभिन्न संघ संस्थाहरुमा आवद्ध साथीहरुलाई संसारका कुनै पनि कुनामा रहे पनि देश तथा समाजको बिकाशको लागि आफ्नो योगदान दिन सकिन्छ भन्ने विचार राख्नुभएको थियो !
राजनीतिक तर्फ कम्युनिस्ट बिचारधाराका लामाले कुराकानीका क्रममा निकैनै सामाजिक कार्यहरू गरेको र खुत्रुक्के अभियान चलाइ आफ्नो देशमा आफ्नो गाउँमा केही गर्ने उदेश्यले शिक्षाका लागि कक्षा कोठा बनाइदिएको कुरा अबगत गराउनु भयो ।
काभ्रेसेवा समाजका पुर्ब अध्यक्ष समेत रहेका लामाले भन्नु भयो बिदेशी रुपमा रहेका सम्पुर्ण राजनीतिक र समाजिक कार्यकर्ताले नाम को लागि नभईकन निस्वार्थ भावना रुपमा सेवामुलक काम गर्नु पर्ने बताउनु भयो । जाँदाजाँदै उहाँले बिदेशिएका र नेपालमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइलाई राजनीतिक बिचारधारा जे भएपनि आफ्नै देशमा मिलिजुली बिकास गर्न आग्रह गर्नु भयो ।