बारामा श्रीमतिको हत्या गरी जलाउदै गरेको शव प्रहरी नियन्त्रणमा

  • ५ पुष २०७६, शनिबार ११:०१ मा प्रकाशित

  • उमेश कुशवाहा पूस ५

    पढता र सुन्दा बिश्वास नलाग्ने तर घटना सत्य हो । बाराको पिपरपातिमा जलाउँदै गरेको शवलाई प्रहरीले बाराको पचरौता नगरपालिका-१ पिपरपाति बाट शव नियन्त्रणमा लिएको समाचार प्राप्त भएको छ। अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि बारा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।
    श्रीमान् र श्रीमतीबीच कहिलेकाही मनमुटावको संग हुदैन,तर त्यही मनमुटावले उग्ररूपली झगडामा परिणत हुँदा श्रीमनले श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको थाहपछि शवलाई नियन्त्रणमा लिएको बारा प्रहरी जनाएको छ । शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटना बारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । मृतकको माइती मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको हो ।

    माइती पक्षले नै सो घटनाको बारेमा प्रहरीलाई जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका
    कयौँ उदाहरण भेटिन्छ ।
    माइती पक्षले दोशीलाई उमकननदी पक्राउ गरी काननुको दायरामा ल्याउन जोड़दार मांग गरेका हुन।

    Leave a Reply