-बसन्त अनुभव-
घोराही,१० पुस/घोराही उपमहानगरपालिकाले किसानहरुलाई बाख्राको रक्त अल्पता मापन गर्न कार्ड प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरि नगरको पशु सेवा शाखाले ४ वटा बाख्रा पालक समुहलाई रक्त अल्पता मापन कार्ड बितरण गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरीले घोराही उ.म.न.पा.अन्तर्गतका ४ वटा समुहका कृषकहरुलाई एक समूहलाई २० वटाका दरले फामाचा नामक रक्त अल्पता मापन कार्ड बितरण गर्नुभएको थियो । चारवटा बाख्रा पालक समुहमा ८० जना बाख्रा पालक किसानहरु आबद्ध रहेका छन् ।
बाख्रामा रक्त अल्पता भए नभएको उक्त कार्डबाट आँखाको रंग सँग दाँजेर पत्ता लाग्ने शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण खिबहादुर बस्नेतले गर्नुभएको थियो ।
सोसल मिडियामा शेयर