बराह क्षेत्र धार्मिक संवर्द्वन तथा संरक्षण समितिको सरोकारवालाहरुसँग छलफल

  • २ पुष २०७६, बुधबार १९:२७ मा प्रकाशित
  • दाङ २ पुस/बराह क्षेत्र धार्मिक संवर्द्वन तथा संरक्षण समितिले भ्रमण वर्ष २०२०लाई सफल बनाउनको लागि सरोकारवालासँग छलफल गरेकोे छ । भ्रमण वर्षको उदघाटन घोराही उपमहानगरपालिकाको १३ को बाह्रकुने मन्दिर परिसरबाट गर्ने कार्यक्रम अन्तर्गत संरक्षण समितिले बुधवार सरोकारलावसँग छलफल कार्यक्रम गरेको हो ।

    जिल्ला पर्यटन प्रर्वद्धन समितिले मन्दिर संरक्षण समितिको संयोजनामा पुस १६ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष टेमन बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश न ५ का सासद अमरबहादुर डाँगीले बराह क्षेत्रको विकास र प्रचारमा कार्यक्रमले भूमिका खेल्ने भएकोले कार्यक्रमलाई सफल बनाउन आग्रह गरे । ‘ यो बराह क्षेत्र धार्मिक संवद्र्धन संरक्षण समितिको लागि यो अवसर हो’ सासद डाँगीले भने ‘ यो अवसरलाई सदुपयोग गरेर जानु पर्छ ।’

    कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले मन्दिरको आफनै धार्मिक विशेषता भएको भन्दै कार्यक्रम सफल बनाउन उपमहानगरले सहयोग गर्ने प्रतिवद्धता गरे । उनले सवै क्षेत्रको सहयोगबाट भ्रमण वर्ष सफल हुने भन्दै थप कार्यक्रमको लागि उपमहानगरपालिकाले योजना बनाउन लागेको समेत बताए ।

    जिल्ला पर्यटन प्रवर्द्वन समिति दाङका सदस्य तथा जिल्ला समन्वय समितिका उप-प्रमुख श्रीधर शर्मा पौडेलले विषय प्रवेश गरेको कार्यक्रममा नेकपा दाङका सचिवालय सदस्य मानबहादुर विक, नेपाली काँग्रेसका उपसभापति कमानसिंह भारती, संस्कृतिविद डा शिवकुमार सुवेदी, दयाजी रोका, डा लोकराज पुराजुली लगायतले मनतव्य राखेका थिए ।

    छलफलले भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई सफल बनाउन विभिन्न समिति गठन गरिएको बराह क्षेत्र धार्मिक संवर्द्वन समितिले जनाएको छ । कार्यक्रमको सहजीकरण संरक्षण समितिका सचिव दिल कु.पुनले गरेकी हुन ।
    sabhar:raptisandesh

    Leave a Reply