प्रधानमन्त्री केपि वलि को आठौं पटक डायलसिस

  • १६ मंसिर २०७६, सोमबार ०३:१९ मा प्रकाशित

  • काठमाडौँ, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौं पटक डायलसिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो डायलसिस हो । त्यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो ।

    प्रधानमन्त्रीलाई सम्भावित संक्रमणको जोखिमबाट जोगाउन अझै आईसीयूमै राखिएको छ । उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन् । ‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ पेटको संक्रमण देखिएपछि छ दिनअघि प्रधानमन्त्री ओलीलाई आकस्मिक रूपमा सेन्टरमा लगेर शल्यक्रिया गरिएको थियो ।

    स्रोतका अनुसार आइतबार प्रधानमन्त्री ओलीको पेट सामान्य दुखेको थियो । ‘पेटमा शल्यक्रिया गरिएकाले घाउ दुख्नु सामान्य हो,’ उपचारमा संलग्न एक चिकित्सकले भने । उनको आइतबार अल्ट्रासाउन्ड पनि गरिएको थियो । उनलाई बिहान हिँडडुल गराइएको थियो । संक्रमणको जोखिमका कारण केही दिन आईसीयूमै राखेर प्रधानमन्त्री ओलीलाई निवास पठाउने रणनीति रहेको एक चिकित्सकले बताए ।
    कान्तिपुर दैनिकबाट

    Leave a Reply