वसन्त अनुभव
नेपाल आयल निगमले आज मध्यरात बाट लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य प्रती लिटर २ रुपैयाँका दरले बढाएको छ ।
इन्डियन आयल कर्पोरेसनले नयाँ खरिद मुल्यमा हेरफेर गरि केही बढेर आएकोले नयाँ मुल्य समायोजन गर्नु परेको जानकारी नेपाल आयल निगमका निर्देशक बिरेन्द्र गोइतले दिनु भएको छ ।
मुल्य वृद्धि भए सँगै पेट्रोलको मुल्य प्रती लिटर १०९ रुपैया, डिजल र मट्टीतेलको मुल्य प्रति लिटर ९७ रुपैयाँ हुन पुगेको छ भने हवाई इन्धन र एल पि ग्यासको मुल्य भने यथावत राखिएको छ ।