“पद घटुवा नहुने गरि समायोजन हुन्छ” स्वास्थ्यमन्त्री ढकाल

  • २३ मंसिर २०७६, सोमबार १८:१६ मा प्रकाशित
  • काठमाडौँ, २३ मंसिर । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पद घटुवा नहुने गरी स्वास्थ्यको समायोजन टुंग्याउन लागेको बताएका छन् । उनले केही प्राविधिक र मानवीय त्रुटीका कारण समायोजनको बल्झिएको भन्दै त्यसलाई सुल्झाउने गरी काम अघि बढी रहेको स्पष्ट पारेका छन् ।

    सोमबार स्वास्थ्य पत्रकारहरुसंग भएको अनौपचारिक छलफलमा बल्झिएको स्वास्थ्यको समायोजनलाई सुल्झाउने गरी काम अघि बढी रहेको जानकारी दिए ।

    ‘अब करीब ७ हजार कर्मचारीको समायोजन हुन बाँकी रहेछ । त्यसमध्ये १५ सय देखि २ हजारको संख्या पद तथा पदनाम सम्वन्धी जस्तो देखियो । केही संख्या भौगोलिक हिसावले नमिलेको भेटियो । केही दक्षता भन्दा फरक ठाँउमा पठाएको पनि पाइयो । त्यसलाई मिलाउँने क्रम भएको छ । अब छिटै समायोजन टुंगिन्छ,’ उनले भने ।

    बैदेशिक भ्रमण व्यवस्थित हुन्छ
    मन्त्री ढकालले स्वास्थ्यमा बैदेशिक भ्रमण विधी भन्दा पनि व्यक्ति केन्द्रीत देखिएको भन्दै त्यसलाई व्यवस्थित गर्ने दावी गरे । ‘यो १५ दिनमा स्वास्थ्यलाई बुझ्दा केही कमजोरी वैदेशिक भ्रमणका लागि सिफारिस हुने पद्धतीमा पनि देखिएको छ । यसलाई व्यवस्थित गर्छु,’ उनले भने ।

    एक प्रसंगमा उनले आफू अनियमितता पनि नगर्ने र अरुलाई गर्न पनि नदिने ठोकुवा गरे ।
    साभार : nepali health

    Leave a Reply