समर्पण रम्जान दिन मियाँ
नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन यतिबेला बिश्वका सम्पुर्ण नेपाली दूतावासहरु लागी परेका छन । यसै अवसरमा विभिन्न कार्यहरु गरि साउदी अरबबाट पनि अत्याधिक पर्यटनकहरु भित्र्याउने उद्देश्यले नेपाली दूतावास रियाद साउदी अरबले पनि साउदी मा क्रियाशील रहेका सबै नेपाली संघसंस्थाहरुका प्रमुखहरुलाई नेपाल भ्रमण वर्ष २०२० सम्बन्धमा विस्तारमा छलफल गर्न यहि मिति २०७६।८।१३ तदनुसार नोभेम्वर २९, २०१९ का दिन दिनको १२:१५ बजे नेपाली राजदूतावासमा एक छलफल कार्यक्रम राखी कार्यक्रममा उपस्थिति को लागी अनुरोध गरेको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि साउदी अरबको सम्पुर्ण भुभागमा सहज रुपमा सन् २०२० भरी विभिन्न कार्यक्रम आयोजना गरी व्यापक प्रचार प्रसार गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाली राजदूतावास रियादले गैर आवासीय नेपाली संघ, नेपाली समुदायका सामाजिक संघसंस्थाहरु र मिडियाहरु सित सहकार्य गर्दै अगाडी बड्ने योजना बनाएको ले यो कार्यक्रम राखिएको दूतावास द्वारा जारी गरिएको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ ।