नेपाल भ्रमण वर्ष’ २०२० का लागि गित रचना गर्न आव्हान, उत्कृष्ट गितलाई उचित पुरस्कार

  • १९ मंसिर २०७६, बिहीबार १२:२० मा प्रकाशित
  • रम्जान “समर्पण

     ‘नेपाल भ्रमण वर्ष’ २०२० लाई भव्य रुपमा मनाई सफल बनाउन जोड तोडका साथ  तयारीमा रहेको सरकारले यसको प्रचार प्रसार गीत-संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । बिभिन्न माध्यमद्वारा प्रचारप्रसारमा लागेको सरकारले नेपाल भ्रमण वर्षको लागि आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ ।

    नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन, २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि बिभिन्न देशहरुमा रहेका नेपाली दुताबासहरुलाई बिदेशमा रहेका सामाजिक संघ संस्थाहरुसित समन्वय गरि नेपालका पर्यटकीयस्थलहरुको गीत-संगीतसहितको फोटो, भिडियोहरुद्वारा प्रचारप्रसार गर्न अनुरोध गरिसकेको छ ।

    नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका अनुसार, गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने खालको हुनु पर्ने यि सबै पक्षीय समाबेश भएको गीत  प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष २०२० का लागि गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ ।

    जसबाट रचित गीत सचिवालयको केशरमहलस्थित कार्यालयमा नै पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाउन भनिएको र प्राप्त गीतहरुमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार दिने सचिवालयले जनाएको छ ।

    Leave a Reply