उमेश कुशवाहा
वीरगंज १ , पूस
नेपाल बिधुत प्राधिकरण पोखरिया बितरण केन्द्र शाखाले समय समयमा चेकजाँच गर्दै आइरहेको तापनि लुकी- छुपी र बिधुत प्राधिकरणको आँखा छली पर्सामा विजुली चोरी गरिरहेको अवस्थामा छापामारी गरी सामान जब्त गरिएको छ । नेपाल विद्युति प्राधिकरण पोखरीया वितरण केन्द्र र सशस्त्र प्रहरी बल पोखरीयाको संयुक्त टोलीले छापामारी गरी विद्युतिय समाग्रीहरु जब्त गरेका छन् । नेपाल विद्युति प्राधिकरण पोखरीया वितरण केन्द्र अन्तर्गत रहेको छिपहरमाई गाउँपालिकाका नवगावामा डाइरेक्ट हुकिंग गरी विजुली चोरी गरिरहेको अवस्थामा नेपाल विद्युति प्राधिकरण पोखरीया वितरण केन्द्रले छापामारी गरेको थियो । छापामारी गरी विद्युतिय समाग्रीहरु जब्त गरेको छ। जब्त हुनेमा मोटर २ थान, टेलिभिजन १ थान, पङ्खा ६ थान, कुलर १ थान रहेको नेपाल विद्युति प्राधिकरण पोखरीया वितरण केन्द्रले जनाएको छ ।