नेपाल औषधी व्यवसायी संघ,जिल्ला शाखा प्युठानको प्रथम अधिवेशन सम्पन्न, ९ सदस्यीय कार्यसमिति गठन

  • ६ पुष २०७६, आईतवार २२:०० मा प्रकाशित
  • वसन्त अनुभव-
    प्युठान, ५ पौष/ नेपाल औषधी व्यवसायी संघ, जिल्ला शाखा प्युठानको प्रथम जिल्ला अधिवेशन आज होटल आयुष्मा जुमृ,प्युठानमा सम्पन्न भएको छ ।

    औषधि व्यवसायी सरेन्द्रराज अधिकारीको अध्यक्षता एवं प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अतिथिमा नेपाल औषधि व्यवसायी संघ, राप्ती शाखाका महासचिव राजु श्रेष्ठ र सचीव नुम कुमार राउत रहनुभएको थियो ।

    अधिवेशन ले शिवराज श्रेष्ठ को अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ। जसको उपाध्यक्षमा गोविन्दराज घिमिरे, महासचिवमा भगत कर्माचार्य, कोषाध्यक्षमा खिम प्रसाद पार्धे, सचीवमा मोहन के.सी., सह-कोषाध्यक्षमा नवीन गौतम र सदस्यहरुमा हिरा सुनार, भरत शर्मा र मिना थापा रहनु भएको छ ।

    गोविन्दराज घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रकाश श्रेष्ठ, राजु श्रेष्ठ, रेशम भुसाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन भगत कर्मचार्यले गर्नु भएको थियो ।

    photo: Resham Bhusal

    Leave a Reply