नेपाली सेनालाई अमेरिकाले दियो दुई स्काइट्रक

  • २ पुष २०७६, बुधबार १७:१९ मा प्रकाशित
  • काठमाडौँ ।अमेरिकाले नेपाली सेनालाई दुइटा एम–२८ स्काईट्रक प्रदान गरेको छ । त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको हवाई महानिर्देशनालयमा आयोजित कार्यक्रममा बुधबार अमेरिकी राजदुत र्‍यान्डी बेरीले नेपाली सेनाका रथी शरद गिरीलाई विमान हस्तान्तरण गरे  । 

    यी स्काईट्रक मानिस र समान दुवै बोक्न प्रयोग गर्न मिल्ने सेनाले बताएको छ। छोटो समयमा उड्न र अवतरण गर्नसक्ने क्षमतासहितको यी विमान नेपालको भूगोलका निम्ति उपयुक्त हवाई साधन हुने बताइएको छ।
    यसबाट नेपालकै इतिहासमा सबभन्दा ठूलो सुरक्षा अनुदान मध्येको अनुदानको पहिलो भागको प्रतिनिधित्व भएको काठमाडौंस्थित अमेरिकी दुतावासले विज्ञप्ति मार्फत् जनाएको छ।

    झन्डै १ करोड ५० लाख डलरको अमेरिकी अनुदानको सबैभन्दा ठूलो अंशका रूपमा यी दुई विमान छन्।आगामी वर्षहरूमा अमेरिकाले थप एम–२८ स्काईट्रक विमान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ ।

    कान्तिपुर समचार

    Leave a Reply