नेपालकै ठुलो क्षमताको सौर्य मिनी ग्रीड परियोजना थबाङमा निर्माण हुने

  • १५ पुष २०७६, मंगलवार २०:०५ मा प्रकाशित
  • वसन्त अनुभव-
    रोल्पा, १५ पौष / थबाङमा नेपालकै ठुलो क्षमताको सौर्य प्रणालीद्धारा विद्युत उत्पादन हुने भएको छ । पुर्व सभामुख तथा प्रतिनिधी सभा सदस्य ओनसरी घर्ती मगरले थबाङ गाउँपालिका वडा नं १ विवाङमा १५० किलोवाटको सौर्य मिनी ग्रीड परियोजनाको सोमबार शिलान्यास गर्नु भएको हो ।

    एसियाली विकास बैंकको रु ३ करोड २४ लाख ८ हजार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु ४ करोड ५ लाख १० हजार र थबाङ गाउँपालिकाको रु ८१ लाख २ हजार गरी कूल ८ करोड १० लाख २० हजार को लागतमा उक्त परियोजना निर्माण हुने भएको हो । दैनिक ६०० युनिट विद्युत उत्पादन हुने भनिएको उक्त परियोजनबाट थबाङ गाउँपालिका वडा नं. १ र २ का करिव ४०० घरधुरी बत्ती बाल्न पाउनेछन ।

    पुर्व सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यता एवम् थबाङ गाउँपालिका अध्यक्ष विर वहादुर घर्तीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

    हामीले करिव ८ महिना भित्रै सौर्य प्रणालीद्धारा थवाङमा विद्युत उत्पादन गरेर थवाङ गाउँपालिकाको वडा नं. १ र २ लाई झलमल पार्ने लक्ष्यका साथ यो कामको जिम्मेवारी पाएका छौ । हामीले नेपालका अन्य धेरै ठाउहरुमा पनि यस्तो प्रोजेक्टहरु सम्पन्न गरिसकेको छौ हामीलाई विश्वास छ यो नेपालकै ठुलो परियोजना भएता पनि हामी यसको काम ६ महिना भित्रै सम्पन्न गर्ने लक्ष्य लिएका छौ । यसको निर्माण पूरा भएसँगै थवाङवासीले अहिले विद्युतबाट झेल्दै आएको समस्याको हल हुनेछ । सुर्योदय उर्जा प्रा.लीका इन्जिनियर खिमराज भण्डारीले बताउनु भयो ।

    सोलार मिनी ग्रीड प्रणालीमा जर्मन प्रविधीका सामाग्रीहरु जडान गरिने भएकोले सौर्य प्रणालीमा दिगोपन भएको समेत बताउनु भयो । यसलाई नेपाल विद्युत प्राधीकरणको राष्ट्रिय प्रसारण लाइनमा जोड्न मिल्ने, ग्राहकबाट अग्रिम शुल्क उठाउन मिल्ने,निमार्ण सम्पन्न पश्चात ३ वर्ष सम्म सुर्योदय उर्जा प्रा.ली.ले अपरेसन र मेन्टेनेन्स गर्ने र यस प्रणालीलाई इन्टरनेटको पहुचबाट विश्वको जुनसुकै ठाउबाट अनुगमन गर्न सकिने नया प्रविधी जडान गरिने भएकोले पनि थबाङ सोलार मिनी ग्रीड प्रणाली नमुना हुनेमा विश्वस्त रहेको वताउनु भयो ।

    कार्यक्रममा बोल्दै पुर्व सभामुख ओनसरी घर्तीमगरले भन्नु भयो हरेक देशको राजनीती परिवर्तनमा थवाङको महत्वपुर्ण भुमिका रहदै आएको छ । यहा सधै नमुना कामहरु भैरहेको हुन्छ । थवाङकै सङ्घर्षले गर्दा आज देशले मुहार फेरेको छ । थवाङको विकासको लागी अहिले सवैको चासोको रुपमा हेरिएको छ । यहा विकासको लागी धेरै वजेट छुट्याइएको छ । बरु यहाको जनताहरु सल्लाह गरेरै अगाडी बढ्नुहोस तपाइहरुको सेवाको लागी म लगायत हामी रोल्पाबाट प्रतिनिधीत्व गर्ने नेताहरु थवाङ्गीहरुको समृद्धीको लागी सधै तत्पर रहेको जानकारी गराउन चाहान्छु । उहाले अगाडी भन्नुभयो, तपाईहरु एकअर्काको राजनैतिक आस्था फरक होला तर विकासको काममा तपाईहरुमा फरक मत आउनुहुदैन यदि त्यसो भएको खण्डमा विकासमा पछि पर्ने भनेको नै तपाइहरु हो पछि पर्ने भनेको थवाङ हो । थवाङ सधै नमुनामै पर्दै आएको छ यहा राजनैतिक क्रान्तीको हिसावले पनि नमुना नै छ यहा विकासको हिसावले पनि पछिल्नो समय नमुना बन्दै आएको छ र अझै नमुना बनाउन तपाई हामी तत्पर लागी रहनु पर्छ । अहिले तीन तहको सरकार छ साना तिना विकासका योजनाहरु स्थानीय सरकारले नै हल गर्न सक्ने अधिकार छ त्यस्ता योजनाहरुको माग लिएर तपाईहरु तपाइहरुकै सरकारसँग माग गर्नुहोस त्यहि बाटै हल हुन्छ । साना तिना योजना लिएर संघ र प्रदेश सरकारमा धाइरहनु पर्दैन स्थानीय सरकारको अधिकार भन्दाको बाहीर विकास निर्माणका मागहरु लिएर आउनुहोस थवाङ विकासको लागी हामी सधै थवाङ्गीको साथमा रहेको अवगत गराउछु र अवको छ महिना भित्रै थवाङ्गीमा छुट्टै खुशी थपिनेमा विश्वोस्त रहेको र थबाङ्गीलाई अग्रिम शुभकामना समेत ब्यक्त चाहान्छु पुर्वसभामुख घर्ती मगरले भन्नुभयो ।

    त्यस्तै कार्यक्रमको समापन मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष घर्तीले थवाङ सोलार मिनी ग्रीड परियोजनले थवाङ गाउँपालिकाका वडा नं. १ र २ मा सौर्य प्रणालीबाट विद्युत आपुर्ती गरिदिनु भनेको हाम्रो लागी अति नै खुशीको कुरा भएको बताउनु भयो । नेपालमै यो परियोजना नयाँ तरिकाले निमार्ण भइरहेको छ । तर यती ठुलो भने अरु ठाउँमा छैन यो परियोजनबाट पर्यटकीय क्षेत्रको समेत विकास हुने कुरामा हामी पुर्ण आशा लिएका छौ । यो परियोजनले अहिले हामीलाई विद्युतको अभावले गर्दा यहाँका उद्योगधन्दा, ब्यापारी लगायत स्थानीयवासी धेरै मारमा परेका छन अब त्यो समस्या छिट्टै हल हुनेछ । वरु सवै मिलेर यस परियोजनालाई समयमा समापन गर्न तर्फ लाग्न आग्रह गर्नु भयो । मिनी ग्रीड परियोजनाको लागी थवाङलाई छनौट गरेकोमा उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनलाई धन्यवाद तथा निर्माण टिमलाई सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

    नेपाल सरकार,उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र सुर्योदय उर्जा प्रा.लि. विच ८ महिना भित्र काम सम्पन्न गर्ने गरि मिति २०७६ मंसिर ११ गते निर्माण सम्झौता भएको हो । थबाङ सोलार मिनी ग्रीड निर्माण उप–समितिका अध्यक्ष बसन्त रोकामगर को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन थबाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले गर्नु भएको थियो ।
    सोसल मिडियामा शेयर

    One thought on “नेपालकै ठुलो क्षमताको सौर्य मिनी ग्रीड परियोजना थबाङमा निर्माण हुने

    Leave a Reply