
–वसन्त अनुभव-
घोराही, १४ पुस/घोराही उपमहानगरपालिकाले आफ्नो छैठौँ नगरसभा घोराहीमा सुरु गरेको छ । उक्त नगरसभामा नगर प्रमुख नरुलाल चौधरीले विभिन्न विषयका १२ वटा कार्यविधीहरु सभाबाट अनुमोदन सहित पारितका लागि पेश गर्नुभएको थियो ।
जस अन्तरगत आपतकालिन कार्य सञ्चालन कार्यबिधी, करारमा प्राविधिक र अन्य कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यबिधी, नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्यबिधी, शिक्षक दरबन्दी मिलान तथा विद्यालय नक्सांकन सम्बन्धी कार्यबिधी सभामा पेश गर्नु भएको थियो ।

त्यसैगरी, अस्थायी सेवा अबधी गणना कार्यबिधी, नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन कार्यबिधी, तलाउ सञ्चालन तथा व्यवस्थापन कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती र नविकरण सम्बन्धी कार्यबिधी नगर प्रमुख चौधरीले सभामा पेश गर्नुभयो ।
साथै, निजी जग्गाको ढुंगा, गिट्टी, बालुवा, माटो उत्खनन् संकलन तथा ढुवानी व्यवस्थित गर्ने कार्यविधी, व्यवसायीक तरकारी उत्पादन कार्यबिधी, कृषि यान्त्रिकरण अनुदान सञ्चालन कार्यबिधी र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यबिधी लाई अनुमोदन गर्न नगर सभामा पेश गर्नु भएको थियो ।
साथै ६ महिनाको अबधीमा नगर कार्यपालिकाले गरेका निर्णयहरुलाई पनि सभाले अनुमोदन गरेको छ । यसैगरी, अहिले सम्म ३९ वटा कार्यबिधी, ९ वटा ऐन, ४ वटा निर्देशिका र ३ वटा नियमावली बनेको नगर प्रमुख चौधरीले सभामा जानकारी दिनुभयो ।
यसैबिच सभाले घोराही उपमहानगरपालिका वडा नम्बर ८ ढिकपुरको केही क्षेत्रलाई वडा नम्बर ९ मा गाभ्ने स्थानिय र वडा कार्यालयहरुको सहमती सहितको पत्र अनुसार सिमाना हेरफेर सम्बन्धी प्रस्ताबलाई सर्वसहमतीले पारित गरेको छ ।
नगरसभाको अर्को बैठक आगामी २० गते दिउँसो १ बजेका लागि बोलाईएको छ । सो दिन चालु आर्थिक बर्षमा योजना संशोधन तथा जग्गा सट्टापट्टा सम्बन्धी विषयमा छलफल समेत हुने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।
सोसल मिडियामा शेयर