रम्जान समर्पण
१ पुस, झापा । विबाहका लागि सजिएर बेहुली लिन गएका बेहुलाले बेहुली लीएर आउनुको सट्टा चार लाख तिरेर फर्केका छन् ।
मंसिर २९ गते भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकले झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग वैवाहिक कार्यक्रम गरेका थिए । विवाहको दिन मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुला अपाङ्गता रहेको थाहा भएको थियो ।
बेहुला पक्षले झुक्याएर विवाह गरेको अबस्थामा विवाद उत्पन्न हुदाँ माईति पक्षले जन्ति लिएर गएको गाडि पनि तोडफोड गरेका थिए । विवाद उत्पन्न हुँदा विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो । शारीरिक अपाङ्गता भएको, झुक्याएर विवाह गरिएको र विवाहको लागि गरिएको खर्च हिसाब गरि बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन् ।
विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवैपक्षको सहमतिमै टीकाटाला नगरी एकैपटक विवाहका लागि राजी भएको कारण पनि बेहुलीपक्ष धोकामा परेको थियो