
सिरहा । सिरहा प्रहरीले एकै घरका तीन जनाको हत्या गर्ने हत्यारालाई पक्राउ गरेको छ । प्रहरीले दुई दाजुभाइलाई गोली हानी मारेको र नातिनीलाई खोलामा हत्या गरेको ३० बर्षपछि फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तब्य ज्यान मुद्धाका प्रतिवादी ६८ बर्षका हिरवा सहनिलाई पक्राउ गरि जिल्ला कारागार चलान गरेको छ ।
हिरवा सहनीले २०४४ पुस १३ गते कृष्णपुर वडा नं ८ साविक भई हाल अर्नमा गापा वडा नं ५ स्थित घरमा जगदेव यादवका दुई छोरालाई गीली हानी मारेका थिए । सहनीले राम नाथ यादव र राम चन्द्र यादवलाई गोली हानी मारेका हुन् ।
हजुरबुवाले छोराहरुलाई मारेको कर्तब्य ज्यान मुद्धा प्रहरीमा हालेसँगै सहनीले जगदेव यादवकी ६ महिनाकी नातिनीलाई चार दिन पछि ( २०४४ पुस १७ गते) गागन खोलामा मारेका थिए ।
सिरहा जिल्ला अदालतको २०६० माघ २८ गतेको फैसलाले सहनीलाई ज्यान मुद्धामा ३० बर्ष कैद सजाय सुनाएको थियो । उनलाई लगत नं २२२० मा १० बर्ष र लगत नं २२२३ मा २० बर्ष गरी जम्मा ३० बर्ष कैद सजाय सुनाइएको थियो ।
सिरहा नगरपालिका वडा नं २० लगडिगदियानी स्थित घरमा लुकि छिपि बसेका सहनिलाई आइतबार प्रहरीले फेला पारी पक्राउ गरी जिल्ला अदालत सिरहामा बुझाई कैद भुक्तानको लागी जिल्ला कारागार सिरहा चलान गरिएको सिराहा प्रहरीले जनाएको छ ।
साभार हाम्राकुरा.कम