बसन्त अनुभब
दाङ निर्वाचन ३(२) प्रदेश सभा सदस्य पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार १५५७१ मत गणना भैसकेको र २६२ मत बदर भएको छ । हालसम्म बबई गा.पा.का वडा नं. १,२,३,४ र ५ तथा तुल्सिपुर उ.म.न.पा. का वडा नं. १,२ र १० को मतगणना कार्य सकिसकेको छ भने बबई गा.पा. वडा नं. ६ र तुल्सिपुर उ.म.न.पा. वडा नं. १० को मतगणना कार्य जारी रहेको छ । प्राप्त मत परिणाम अनुसार ने.क.पा. कि बिमला कुमारी खत्रीले ८८९६ मत सहित अग्रता लिइरहेकि छिन भने ने.का.केशवराज शर्माले ने.क.पा.भन्दा २७०० कम ६२०१ मत लिई पछ्याइरहेका छन । भुपाल रावत (गाई) ले ६५ मत, शिवकुमार चौधरी (तराजु) र छोटिलाल थारु ( हलो) ले ४०/४० मत, डिल्ली बहादुर डाँगी ( पाँच औंला सहितको हत्केला ) ले २९ मत, हरि प्रसाद डाँगी ( हँसिया तारा ) र घनश्याम चौधरी ( कुखुराको भाले ) ले १२/१२ मत, सुरेन्द्र परियार (मादल ) ले ९ मत, झरेन्द्र ब.खत्री (नमस्कार गरेको हात ) ले ३ मत, गोविन्द के.सी. (जिप) र टिकाराम आचार्य (ड्रम) ले १/१ मत प्राप्त गरेका छन । घर र करुवाले कुनै मत प्राप्त गर्न सकेका छैनन ।