–वसन्त अनुभव-
दाङ जिल्ला लगायत देशको धेरै भु-भागमा पश्चिमी वायु प्रणालीको प्रभावका कारण एक्कासि चिसो बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका भु-भागहरुमा त झन हिमपात भएको जानकारी प्राप्त भई रहेका छन ।
अत्यधिक चिसोका कारण तराई र हिमाली क्षेत्रको जनजीवन कष्टकर हुन पुगेको छ । जल तथा मौसम विज्ञान बिभाग, फिल्ड कार्यालय घोराही दाङका अनुसार शुक्रवार विहान जिल्लाका अधिकांस ठाउँमा हल्का बर्षा भएको छ । वितेको १२ घण्टाको समयावधिमा ५.८ मिलिमिटर बर्षा भएको छ । जुन सामान्य वर्षा भए पनि त्यसको प्रभावका कारण निकै जाडो महसुस गरिएको छ ।
दाङमा अढाई तीन बजेसम्म अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको र घाम लागेमा तापक्रममा घटबढ हुने कार्यालयले जनाएको छ । तराई क्षेत्रमा शितलहर र हिमाली क्षेत्रमा हिमपातका कारण त्यहाँको जनजीवन अझै कष्टकर बन्दै गएको देखिन्छ । जाडोका कारण मानिसहरु घरबाट निस्कन कठिन भइराखेको छ ।