दाङमा बम बिष्फोट

  • २५ मंसिर २०७६, बुधबार २१:४३ मा प्रकाशित
  • वसन्त अनुभव

    दाङ, मंसिर २५, दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. २ कोठरीमा बम विष्फोट भएको छ । गढवा गा.पा. वडा नं. २ कोठरीका ४३ बर्षीय धनश्याम चौधरीको घरमा बुधबार अपरान्ह करिब ३ बजे बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    बम बिस्फोटनबाट चौधरीको घरको माथिल्लो तलामा क्षति हुन पुगेको छ । गढवा गा.पा.वडा नं. २ का अध्यक्ष भक्तु चौधरीका अनुसार उक्त घरको माथिल्लो तलामा गोधुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड भाडामा बसेको र बिष्फोटबाट पुर्ण रुपमा क्षेती भएको छ । विष्फोटन बाट कुनै मानवीय क्षति भने भएको छैन ।

    घरको माथिल्लो तलामा सहकारीसँगै सटेको अर्को कोठामा बम विष्फोट भएको थियो । घरबेटी चौधरी रोजगारीको सिलसिलामा भारतमा बस्दै आएकोमा घर आउँदा माछा मार्ने भनी जिलेटिन बम उतैबाट ल्याई कोठामा राखेको र सोही बम विष्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

    Leave a Reply