-बसन्त अनुभव-
लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा “समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता” भन्ने नाराका साथ दाङ जिल्लाको बंगलाचुली गा.पा. कमिरेचौरमा आज सचेतना र्याली निकालियो ।
गाउँपालिकाको कार्यालयबाट निकालिएको र्यालीको नेतृत्व गाउँपालिका उपाध्यक्ष यमुना थापा मगरले गर्नु भएको थियो । र्याली पश्चात् आयोजित कोणसभामा विभिन्न वक्ताहरूले बोल्नु भएको थियो ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यमुना थापा मगर , वडा नं ३ का वडाध्यक्ष शाेभाराज विश्वकर्मा , वडा नं.४ का वडाध्यक्ष नारायण डाँगी लगाएत विविन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय दिदिबहिनी, दाजुभाइहरुको सहभागीता रहेको थियो ।