
आज २०७६ साल पौष १३ गते, आईतबार , तदअनुसार २९ डिसेम्बर २०१९
आजको पञ्चाङ्ग:
तिथि: पौष शुक्ल तृतीया, नक्षत्र: श्रवण, नेपाल संवत: ११४० पोहेलाथ्व तृतीया , राशी: मकर
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बोलीवचन एवं प्रवचन–भाषण आदिमाप्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीतवर्गप्रति आकर्षण बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावलेमहत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) औपचारिकतामा अल्लि बढी व्यस्तरहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी/प्रेमिकाकाबिच खिन्नता बढ्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीतहुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमताप्रदर्शन गर्ने अवसर जुट्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दुरदराजमा रहेका आफन्तजनसँगसम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आफन्त, सहयोगी र मित्रवर्गकोसहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएकोक्रियाकलापमा सफलता पाउनुहुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) काम बिगार्न चाहनेहरू अगाडि बढ्नसक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दाध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन हाँसखेल रमनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमालगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज परोपकार तथा सहयोग आदिमापनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हातपर्नेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) परिणाममुखी जिम्मेवारीवहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जाप्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आज लत्ता कपडामा बढी खर्च हुनेछ ।प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामादाग लाग्न सक्छ ख्याल गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) नाता–कुटुम्बको आगमन हुने र परिवारमानयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने रघरपरिवारमा रमाइलो वातावरण छाउनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल