आज २०७६ साल पौष ११ गते, शुक्रबार, तदअनुसार २७ डिसेम्बर २०१९
आजको पञ्चाङ्ग:
तिथि: पौष शुक्ल प्रतिपदा, नक्षत्र: पूर्वषाढा, नेपाल संवत: ११४० पोहेलाथ्व पारू, राशी: धनु
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दान–पुण्यजस्ता कार्यमा सहभागीभइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टिमिल्नेछ । शुभकार्यको चर्चा रहला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घर व्यवहारमा झमेला आउला । मनमादुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनुउचित होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।स्वास्थ्यमा सुधार आउला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मुल्याङन हुनेछ । व्यापारव्यवसायमा सफलता मिल्नेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँकामको थालनी हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सद्विचारले अभिप्रेरित हुनेहरूलाईबिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्ग बाट विशेषसहयमेग मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) नजिकका व्यक्तिबाट कार्यमा बाधाआउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिलगर्न केही समय कुर्नुपर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरीमध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रचनात्मक कार्यबाट अरूको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । व्यापारव्यवसायमा प्रगति होला । धार्मिक कार्यमा रुची बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफन्तको प्रगतिमा मन रमाउनेछ ।विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमासोचेजस्तै लाभ लिन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) सोचेजस्तो लाभ हासिल गर्नकेही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । द्रुत गतिमासवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्धहुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगरर हिम्मत बढ्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल