आज २०७६ साल पौष ६ गते आईतवार , तदअनुसार २२ डिसेम्बर २०१९
आजको पञ्चाङ्ग:
तिथि: पौष कृष्ण एकादशी , नक्षत्र: स्वाति, नेपाल संवत: ११४० थिंलागाएकादशी , राशी: तुला
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक कार्यमा रुचि जाग्नुका साथैपारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीकोप्रभाव पनि बढ्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धार्मिक कार्य सफल रहनेछन । नयाँज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्धकसिलो होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनिप्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछसचेत रहनुहोला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँकमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरितहुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउला । महिला वर्गबाट विशेष सहयोगमिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) व्यवसायका लागि यात्राको सम्भावना पनिछ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णयलिन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा बाधा आउनेछ ।नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ । अभिभावककोआशीर्वादले काम गर्नसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ ।शुभकार्यको चर्चा चल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) क्षमता प्रदर्शन गर्ने क्रममापदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउनसहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अनुहारमा कान्ति र मनमा शान्तिछाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिकोमार्ग प्रशस्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्थाआउला । फलदायी यात्रा नहोला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल