आज
२०७६
साल
मंसिर
२६ गते
बिहिवार, तदअनुसार १२ डिसेम्बर २०१९
आजको
पञ्चाङ्ग:
तिथि: मङ्सिर शुक्ल पूर्णिमा, नक्षत्र: मृगशिरा, नेपाल संवत: ११४० थिंलाथ्व पुन्हि, राशी: वृष
तपाइको आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले,
लो, अ ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । रातो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्यातउनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मतपनि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) मन भावुक र उत्ताउलो बन्नसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा मनमुटावपनि आउला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल