ड्राइपोर्ट श्रीसीय अलौ का बासिन्दा ले टायर बालेर प्रदर्शन

  • १९ मंसिर २०७६, बिहीबार १७:०३ मा प्रकाशित

  • उमेश कुशवाहा,बिरगंज मंसिर १९

    वीरगंज ड्राइपाेर्ट बस्ती अतिक्रमण विरुद्धकाे संघर्ष समितिकाे आयाेजनामा सुक्खा बन्दरगाह अगाडी वीरगंज-पाेखरिया सडक खण्ड अवरुद्ध गरी स्थानियहरुले विहान ११:४० देखी २ सम्म टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण लामाे तथा सानाे दुरीकाे चल्ने सम्पूर्ण सवारी साधनहरु २ घण्टा सम्म अवरुद्ध भएकाे थियाे ।

    सुखा बन्दरगाह र एकीकृत जाँच चौकीबीचको राेक्का राखिएकाे ६२ बिघा जग्गाको फुकुवा गर्नु पर्ने अथवा उचित मुआवजा दिनु पर्ने माग राख्दै स्थानिय जग्गा धनीले प्रदर्शन गरेका हुन् । तीन वर्षदेखि राेका राखिएकाे जग्गा फुकुवा तथा मुआवजा वितरण हुन नसक्दा गाउँलेहरूले घरजग्गाको कारोबार तथा वित्तीय कारोबारसमेत गर्न पाएका छैनन्। राेक्का राखिएकाे जग्गा प्रति धुर ५ लाख देखी १५ लाख सम्म बिक्री हुने गरे ता पनि प्रति कठ्ठा २४ लाख देखी ६७ लाख सम्म मुअबजा दने निर्णय आफुहरुलाई मान्य नभएकाे संघर्ष समितिका संयाेजक अमीका प्रसाद पटेलले वताए । रोका राखिएको जगामा २९७ वटा घर धुरी रहेको छ ।

    Leave a Reply