जाडोमा कोईला बालेर सुतेका आमा छोरा सुतेकै अवस्थामा मृत्यु

  • ३० मंसिर २०७६, सोमबार १४:०० मा प्रकाशित
  • रम्जान समर्पण

    मंसिर, काठमाडौं । जाडोको मौसम बढेसँगै कीर्तिपुरमा कोठा न्यानो बनाउनकालागि कोईला बालेर सुतेका आमा छोराको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

    काठमाडौंको कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा बस्दै आएका ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।

    यसरि न्यानो बनाउँदा र झ्यालढोका बन्द गर्दा अक्सिन कमि हुन जान्छ भने यसै कारण मृत्यु जस्तो घटना निम्तिने देखिन्छ । उक्त घटनामा पनि यही कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । तर मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ ।

    भेन्टिलेसन पनि नभएको साँघुरो कोठामा कोइला बालेर सुतेका आमा-छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए ।

    बच्चालाई तेल लगाउन भन्दै सोमबार बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

    श्रोत अनलाईन खबर

    Leave a Reply