
काठमाडौं । चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर करिब १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
बिगत केही बर्षदेखि चिठ्ठा परेको भन्दै ठगि गर्नेको नेपालमा निकै बिगबिगि बढेको अबस्थामा, अहिलेको आधुनिक युगमा रहेका अधिक सामाजिक सञ्जालका मोबाईल एप्लिकेशन भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रेष्टुरेन्ट व्यवसायीसमेत रहेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाकाअनुसार पक्राउ परेकामध्ये खड्का रेष्टुरेन्ट व्यवसायी हुन् । उनले पछिल्लो समय नेटवर्क बनाएर गठी धन्दा चलाएका थिए ।
उनीहरुले नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेका थिए । पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हालसम्म १४ करोड ६९ लाख ९१ हजार शंकास्पद काराबार देखिएको र उनीहरुले रकम कारोबार गर्न प्रयोग गरको बैंकहरु समेत ह्याक भएको हुनसक्ने प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए भने उनीहरुले ठगी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम भारतमा पठाउने गरेको थाहा हुन आएको छ ।
उनकाअनुसार अहिलेसम्म १५ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । अरु पनि यसरी ठगिएको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।
खबर श्रोत अनलाईनखबर