चलचित्र बिकास बोर्डका अध्यक्ष को निधन

  • ३० मंसिर २०७६, सोमबार १०:०५ मा प्रकाशित
  • काठमाडौं: फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको नि’धन भएको छ। आइतबार राति अनामनगर स्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको नि’धन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए। राति १० : २० बजे ओम अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईलाई मृ’त घोषणा गरेको लामाले बताए।

    नि’धनको खास थाहा नभए हृ’दयघात भएको हुनसक्ने चिकित्सकलाई उदृत गर्दै लामाले दिएको जानकारी दिए। सोमबार बिहान १० बजेपछि भट्टराईको श’वको त्रिवि शिक्षण अस्पतालमा पो’ष्टमार्टम हुनेछ। त्यस पछि शनिबार नि’धन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको श’व दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्र’दाञ्जलीका लागि राखिने अध्यक्ष लामाले जानकारी दिए।

    सोमबारनै दुवै जनाको दा’हसंस्कार गरिने पनि लामाले बताए। ५२ वर्षीय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए। उनी चलचित्रका निर्माता पनि हुन। भट्टराई एक वर्ष अघिदेखि चलचित्र विकास वोर्डको अध्यक्ष थिए।

    Leave a Reply