दाङ, २० मंसिर
घोराही उप-महानगरपालिकाले पूर्ण सरसफाई अभियान सञ्चालन र बिपद् व्यवस्थापनका लागि सबै वडामा समिति गठन गरेको छ । १९ वटै वडाका अध्यक्षहरुको अध्यक्षतामा वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समिति र विपद् व्यवस्थापन समिति गठन भएका हुन् ।
आज वडा नम्बर १६ का अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा यी दुई समिति गठन भए सँगै १९ वटै वडामा समिति गठन भएका हुन् । अब समितिले वडा भित्र पूर्ण सरसफाईको अभियानलाई अघि बढाउने छ भने सम्भावित विपद्को व्यवस्थापन गर्न रणनितिहरु बनाउने छ ।
नगर कार्यपालिकाले तयार पारेको फोहोर मैला व्यवस्थापन कार्यविधी र विपद् व्यवस्थापन कार्य विधी अनुसार वडाबासीहरुको सहभागितामा नगरलाई पूर्ण सरसफाई युक्त बनाईने सरसफाई व्यवस्थापन शाखा प्रमुख प्रेम के.सी.ले जानकारी दिनुभयो ।
पूर्ण सरसफाई अन्तरगत व्यक्तिगत देखी वाताबरणिय सरसफाईको काम हुने छ । आनिबानी परिबर्तन गर्दै फोहोरको उचित व्यवस्थापन गरी नगरलाई पूर्ण सरसफाई युक्त नगर बनाउने काम सुरुभएको शाखा प्रमुख के.सी.ले जानकारी दिनुभयो ।
वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले सरसफाईको अभियान आफूबाट सुरु गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
सरसफाईको कमि कै कारण मानविय स्वास्थ्य र बाताबरणिय स्वास्थ्यमा समस्या सृजना हुने र त्यसले अन्तत समाजलाई नै घाटा पुर्याउने उल्लेख गर्नुभयो ।
व्यक्ति र समाज स्वस्थ भए मात्रै संबृद्धीको परिकल्पना पुरा हुने भन्दै अबको तीन बर्ष भित्र सबैको घर-घरमा पानी पुर्याउने योजनाका साथ काम भैरहेको जानकारी दिनुभयो ।
सवै वडाहरुमा सरसफाईका प्रशिक्षक गोबिन्द खड्काले सरसफाईमा आनीबानी र परिबर्तन गर्नुपर्ने सवालका बिषयमा जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा वडा नम्बर १६ का विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरुले पानी र फोहोरको उचित व्यवस्थापन गरिदिन माग गरेका छन् ।
social media